अध्यक्ष दाहाल : सरकारको मुख्य नेतृत्व मध्यावधिमा जाने तयारीमा छ
अध्यक्ष दाहाल : सरकारको मुख्य नेतृत्व मध्यावधिमा जाने तयारीमा छ
    • बेल संचार

    • २ माघ २०८१, बुधबार

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको बताएका छन्। बुधबार सिंहदरबारमा विपक्षी दलहरूको बैठकमा प्रचण्डले भने, “सरकार मध्यावधिमा जानका लागि तयारी गर्दैछ, र यसका लागि हाल विभिन्न अध्यादेश जारी भएका छन्।”

प्रचण्डका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा ०८७ मा मात्र हुने बताएका पछि सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ। “संविधान संशोधन अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपी जीले भन्नुभयो। कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ,” प्रचण्डले बैठकमा भने। उनले थपे, “यस सन्दर्भमा सरकारको मुख्य नेतृत्व मध्यावधिमा जाने लाइनमा छ र यसैमा अग्रसर छ।”

बैठकमा सहभागी एक नेताले भने कि प्रचण्डले सरकारका गतिविधिहरूलाई ध्यानपूर्वक नियालिरहेको र अब हस्तक्षेप गर्ने समय आएको निष्कर्षमा पुगेको बताएका छन्। “सरकारको भूमिका हामीले हेरिरहेका छौं। अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो,” ती नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै  भने।

यद्यपि प्रचण्डले मध्यावधिको बारेमा थप विस्तृत व्याख्या गरेका छैनन्। “कहाँ कहाँ भन्ने चाहिँ व्याख्या गरेनन्। त्यसैको सेरोफेरोमा यो अध्यादेश ल्याइएको हो। समयमै संसद् नबोलाएर अध्यादेश ल्याउनुको कारण पनि यही हो,” उनले भने।

यस बैठकको मुख्य निष्कर्ष भनेको सरकारको गतिविधि र आगामी योजनाहरूबारे विरोध गर्दै आगामी दिनहरूमा हस्तक्षेप गर्ने तयारी गर्नु रहेको देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित