बुटवल ।
कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल एकअर्कासँग ठोक्किएका हुन्।
मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक ३५ वर्षीय नेहामन अली रहेका छन्। दुवैको मृत्यु अस्पतालमा उपचारको क्रममा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
यस दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।