काठमाडौं ।
सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको मूल्य १ लाख ५५ हजार ४०० रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर १८८० रुपैयाँमा कारोबार भएको छ। बुधबार चाँदीको मूल्य १८३० रुपैयाँमा कारोबार भएको थियो।