नेप्से परिसूचक बिहीबार ७.३३ अंकले घट्यो, फाइनान्स क्षेत्रमा ठूलो गिरावट
नेप्से परिसूचक बिहीबार ७.३३ अंकले घट्यो, फाइनान्स क्षेत्रमा ठूलो गिरावट
    • बेल संचार

    • ३ माघ २०८१, बिहीबार

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंकमा पुगेको छ। बुधबारको २५८५.८६ अंकको तुलनामा बजारमा गिरावट आएको हो। फाइनान्स, बैंक, विकास बैंक, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायतका क्षेत्र रातो हुँदा बजारमा यो गिरावट देखिएको छ।

विशेषगरी फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ। स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीका अनुसार, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको खबरले लगानीकर्ताहरूलाई प्रभावित गरेको छ।

पोखरा र जानकी फाइनान्सका सेयरहरू नकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्, जबकि रिलायन्स फाइनान्सको सेयर ८ प्रतिशतले घटेको छ। खानीखोला जलविद्युत् कम्पनीको सेयर पनि ९ प्रतिशतले गिरावट आएको छ।

तर, समग्र बजार घट्दा पनि बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत्, र अपर हेवाखोला जलविद्युत् कम्पनीका सेयरहरूमा १० प्रतिशतको सकारात्मक वृद्धि भएको छ।

कारोबार रकमका हिसाबले सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ भने एनआरएन र सानिमा मिडल तमोरले पनि उल्लेखनीय कारोबार गरेका छन्। बिहीबारको कारोबार रकम ५ अर्ब ९३ करोड पुगेको छ, जुन बुधबारको तुलनामा सामान्य वृद्धि हो

साताकाे चर्चित
सम्बन्धित