काठमाडौँ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन’ बिक्री गरी एक लाख ५५ हजार थान बिक्री गरेका छन्।
वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्न पुनले देशभरका विभिन्न क्षेत्रमा हिँड्दै आफ्नो पुस्तक बिक्री गर्दै आएका छन्।
पुस्तक बिक्रीबाट उनले कुल रु ११ करोड ६२ लाख ५० हजार आम्दानी गरेका छन्। प्रति पुस्तक रु ७५० मूल्य निर्धारण गरिएको थियो।
सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच कारखाना सञ्चालनको विषयमा सहमति भए पनि पुनलाई राज्यले आवश्यक बजेटको व्यवस्था नगरिदिएपछि उनले किताब बेचेर कारखाना सञ्चालनको प्रयास गरेका हुन्।
यो कदमले पुनको प्रयासलाई अझ प्रभावकारी बनाएको छ र कृषि औजार कारखाना सञ्चालनमा सहयोग पुगेको छ।