अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल कार्यालयमा फर्किएर थुप्रै महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले दक्षिणी सिमानामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्दै सुरक्षा सुदृढ पार्न सशस्त्र बल तैनाथ गर्न अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले सीमा पर्खाल निर्माणलाई अघि बढाउने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्, जसले आप्रवासन नियन्त्रणलाई कडा बनाउनेछ । उनले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमाथि आगामी फेब्रुअरी १ देखि नयाँ २५ प्रतिशत शुल्क लगाउने घोषणा पनि गरेका छन्, जसले छिमेकी देशहरूसँगको व्यापारमा असर पर्न सक्नेछ ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने तयारी भएको र युक्रेन युद्ध अन्त्य गर्न वार्ता शुरू भइसकेको जानकारी दिएका छन् । उम्मेदवारका रूपमा उनले २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए र अझै आधा दिन बाँकी रहेको बताएका छन् ।

यसका अतिरिक्त, ट्रम्पले जन्मसिद्ध नागरिकता समाप्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । साथै, जनवरी ६ का हिंस्रक प्रदर्शनकारीलाई सामूहिक क्षमादान दिँदै यूएस क्यापिटल हिंसामा संलग्न १,५०० जनालाई माफी दिएका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित