काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
साथै, राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।