काठमाडौं।
उत्तरपश्चिम टर्कीको बोलु प्रान्तस्थित एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो, जहाँ त्यतिबेला २३४ पाहुना रहेका थिए।
आगलागीपछि केही मानिसहरू डराएर होटलबाट हामफाले, जसमा दुई जनाको मृत्यु भयो। अधिकांशको मृत्यु धुँवामा निसास्सिएर भएको हो।
आगलागीका कारण होटल धुँवाले भरिएको थियो, जसले गर्दा धेरै पाहुनालाई बाहिर निस्किन कठिन भयो।
स्थानीय मिडियाका अनुसार आगलागी हुँदा चेतावनीको साइरन बजेन, जसले परिस्थितिलाई झन् जटिल बनायो।
टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको पुष्टि गरेका छन्।
उनले यस घटनाबाट सरकार गहिरो दुःखी भएको बताए।