रास्वपाका सभापति लामिछाने सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयान दिन रुपन्देही अदालतमा हाजिर
रास्वपाका सभापति लामिछाने सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयान दिन रुपन्देही अदालतमा हाजिर
    • बेल संचार

    • ९ माघ २०८१, बुधबार

काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा आफ्नो बयान दिन रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्। जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछाने बिहानी १० बजे अदालतमा हाजिर भएका हुन्।

लामिछानेको बयानपछि थुनछेक बहस सुरू हुने जानकारी पनि उनले दिएका छन्। रवि लामिछाने उनकी पत्नी निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका थिए।

उक्त प्रकरणमा लामिछानेसहित छविलाल जोशी, जीबी राई र अन्य ३९ जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ। सुरुको मुद्दामा २८ जना प्रतिवादी थिए भने पूरक अभियोगसहित थप १४ जना प्रतिवादीको नाम समावेश गरिएको छ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनामाथि सहकारी ठगी र संगठित अपराधको आरोप लगाइएको छ। त्यस्तै, जीबी राईसहित १७ जनाविरुद्ध थप कसुर र बिगोको मुद्दा दर्ता गरिएको छ।

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा ४२ जना प्रतिवादी विरुद्ध पूरक र थप अभियोगसहित मुद्दा दर्ता भएको हो।

साताकाे चर्चित
सम्बन्धित