काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बाँकेको खजुरा ३ धवलागिरि गाउँमा स्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन्।
भेटघाटको क्रममा, प्रचण्डले सहिद परिवारसँग बिहानको भोजन समेत सँगै खाएका थिए र सहिदहरू कहिल्यै न मर्ने बताउँदै, माओवादी पार्टी उनका दुःख पीडामा सँगै रहेको बताए।
प्रचण्डले आफ्नाे तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिदको सम्मान प्रदान गरिएको जानकारी पनि दिएका थिए। उनले, सहिद र बेपत्ता परिवारलाई सम्मान गर्न राज्यले जिम्मेवारी लिने कुरा बताएका छन्।
यस अवसरमा, प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन पनि गरेका छन्, जसले सहिदहरूको योगदानलाई सम्मान दिने उद्देश्य राखेको छ।