काठमाडौं ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले तीन जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले १५० ग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित भारतका ३७ वर्षीय गोविन्द बालालाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीले उनलाई काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार अवस्थामा उक्त पदार्थसहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा, २६ वर्षीय रमन महर्जन र ३८ वर्षीय विनोद तामाङको समेत संलग्नता रहेको पत्ता लागेको छ, र उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।