काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसद्को हिउँदे अधिवेशनको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठक आगामी बुधबार दिउँसो १ बजे बस्नेछ। यस बैठकमा माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशनका तयारीबारे छलफल गरिनेछ।
सभामुख घिमिरेले बैठकको अघिको समय सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्ने योजना बनाएका छन्।
सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्ने कार्यतालिका तय भएको छ।
यस छलफलमार्फत संसदको आगामी कार्यसूची र सहमति बनाउनका लागि वातावरण तयार गरिनेछ।