विदेशी सहायता रोक्ने ट्रम्पको निर्णयले स्वास्थ्य र शिक्षा क्षेत्रमा गम्भीर प्रभाव पार्ने चेतावनी
विदेशी सहायता रोक्ने ट्रम्पको निर्णयले स्वास्थ्य र शिक्षा क्षेत्रमा गम्भीर प्रभाव पार्ने चेतावनी
    • बेल संचार

    • १३ माघ २०८१, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै जारी गरेका कार्यकारी आदेशसँगै सबै प्रकारका विदेशी सहायता रोक्ने निर्णय गरेका छन्। यो निर्णयले अन्तर्राष्ट्रिय मानवीय संकट निम्त्याउने संभावना छ। अमेरिकी विदेश मन्त्रालयले ९० दिनका लागि लागू हुने यो आदेशअनुसार अर्बौं डलरका कार्यक्रमहरूमा असर पर्नेछ।

विदेश मंत्रालयको पुष्टि अनुसार, इजरायल र इजिप्टका लागि बाहेकका सबै विदेशी सहायता कार्यक्रमहरू स्थगित गरिएको छ। यसले शुद्ध पिउने पानी, बालबालिकाका लागि आधारभूत शिक्षा, र औषधि आपूर्ति जस्ता मानवीय सेवामा ठूलो प्रभाव पार्ने जनाइएको छ।

विशेषज्ञहरूका अनुसार, यो निर्णयले विश्वभरका लाखौं मानिसहरूको जीवन संकटमा पार्न सक्छ। डेमोक्र्याटिक सांसदहरूले यस निर्णयको विरोध गर्दै भनेका छन् कि यसले एचआईभी र मलेरियाका बिरामीहरूको उपचारमा पनि ठूलो असर पार्नेछ।

नेपालको सन्दर्भमा पनि एमसीसी र यूएसएडमार्फत आइरहेको सहायता प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित