काठमाडौँ ।
मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आयोजित विशेष समारोहमा मलेसियाका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।राजदूत तिमिल्सिनाले प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा नेपालको राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राजा इब्राहिमलाई सुस्वास्थ्य, दीर्घायु तथा मलेसियाली जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको नेपाली राजदूतावासले जनाएको छ।
प्रमाणपत्र प्रस्तुत गर्ने समारोहमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाली राजदूतावासका पदाधिकारीहरूको उपस्थिति थियो।उक्त समारोहमा डा. तिमिल्सिनासहित अन्य पाँच देशका राजदूतहरूले पनि आ-आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।
राजदूत तिमिल्सिनाको नियुक्तिसँगै मलेसियासँग नेपालको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। यो अवसरलाई नेपाल-मलेसिया सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ।