सुर्खेतको चौकुनेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सुर्खेतको चौकुनेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • बेल संचार

    • १६ माघ २०८१, बुधबार

सुर्खेत ।

चौकुने गाउँपालिकाको गुटुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बुधबार एक विशेष समारोहबीच संघीय सांसद एवं पूर्वमन्त्री हृदयराम थानीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा उनले खेल क्षेत्र जीवन परिवर्तनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै यसले स्वस्थ नागरिक उत्पादन गर्नुका साथै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने बताए।

गाउँपालिकाको मुख्य आयोजना तथा सिद्धेश्वरी माध्यमिक विद्यालयको सह-आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ११ वटा विद्यालय सहभागी छन्।

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश गरिएको छ।

प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौड, चार सय मिटर दौड, एक सय मिटर छात्र/छात्रा दौड, रिले दौड, आठ सय मिटर दौड, दुई सय मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, भाला फाल, सटपुटजस्ता व्यक्तिगत स्पर्धाहरू समावेश छन्।

त्यस्तै, कबड्डी र भलिबलजस्ता टोलीगत खेलहरू पनि प्रतियोगितामा समावेश गरिएको छ।

प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर प्रदान गर्ने आयोजक समितिले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित