नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै
    • बेल संचार

    • १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ। बैठक दिउँसो १ बजे सुरु हुने तय गरिएको छ।

बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारी र रणनीतिबारे छलफल हुने छ।

साथै, संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूको संसदमा प्रस्तुति, उठाउने एजेन्डा तथा पार्टीको रणनीति सम्बन्धी जानकारी गराउने छन्।

माओवादी केन्द्रले सरकारले संसद अधिवेशन ढिलो बोलाएर विभिन्न अध्यादेश जारी गरेको भन्दै निरन्तर आलोचना गर्दै आएको छ।

बैठकमा सोही विषयमा थप छलफल हुने अनुमान गरिएको छ। संसद अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरूलाई आवश्यक निर्देशना दिने तयारी रहेको नेताहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित