बैतडी ।
बैतडीका प्रकाश दमाईकी आमा ६१ वर्षीया माना दमाईको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडको तिपडा घाट पुर्याइएको छ।
शनिबार उनको निधन भए पनि छिमेकीहरूले मलामी जान अस्वीकार गरेपछि आफन्तहरूले शवको दाहसंस्कारका लागि ट्याक्टर प्रयोग गरेका हुन्।
दाहसंस्कारका लागि करिब २५० किलोमिटर टाढाबाट कञ्चनपुरको महेन्द्रनगर, दोधारा चाँदनी, र पाटन–६ बाट आफन्तहरू आएर अन्तिम संस्कार सम्पन्न गरेका थिए।
माना दमाईको परिवार सिगास गाउँपालिका–१ अङडेगाडामा बसोबास गर्छ, जहाँ करिब ३०० जनाको बस्ती छ।
तर, दमाई समुदायको परिवार एक्लो भएकाले अन्य स्थानीयले मलामी जान अस्वीकार गरेका थिए।
यस घटनाले सामाजिक समरसता र जातीय भेदभावबारे गम्भीर प्रश्न उठाएको छ।