धनगढी ।
कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।
बुधबार लम्कीचुहा नगरपालिका–३ बलचौरकी २५ वर्षीया अनिता चौधरीले नहरमा हाम फालेकी थिइन्। उनी सोही ठाउँका रामप्रसाद चौधरीकी श्रीमती हुन्।
स्थानीयले उनलाई नहरमा हाम फाल्न देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। हालसम्म उनी बेपत्ता रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।