पेट्रोलियम पदार्थ आयातमा कमी, राजस्वमा वृद्धि
पेट्रोलियम पदार्थ आयातमा कमी, राजस्वमा वृद्धि
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

झापा ।

चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टा भन्सार कार्यालयबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातमा ६४ करोड १७ लाख ५९ हजारले कमी आएको छ। गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्वमा वृद्धि भएको जानकारी दिए।
चालु आवको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो। गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो।

साताकाे चर्चित
सम्बन्धित