काठमाडौँ ।
संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधिमण्डलले संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगेका कर्मचारी प्रतिनिधिहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा साझा धारणा प्रस्तुत गर्दै मागपत्र हस्तान्तरण गरेका हुन्।
हाल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको निजामती विधेयक संघीयता कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विधेयक मानिन्छ।
मागपत्र बुझ्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघीयताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे।
उनले निजामती विधेयक अगाडि बढाउँदा कर्मचारीको वृत्तिविकास तथा पेशागत अधिकारलाई थप व्यवस्थित बनाउन आफ्नो पार्टीको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।
यस्तो छ १९ बुँदे मागपत्रः