भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने सत्तारुढ दलको समझदारी
भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने सत्तारुढ दलको समझदारी
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौं

सत्तारुढ दलबीच भूमिसम्बन्धी अध्यादेशको रिजर्भेसनलाई सम्बोधन गर्दै नयाँ विधेयकको प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमा उठेका विषयलाई नयाँ विधेयकका रूपमा संसदमा लैजाने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

‘भूमिसम्बन्धी अध्यादेशमा भएका रिजर्भेसनलाई सम्बोधन गर्दै नयाँ विधेयक ड्राफ्ट गरेर संसदमा लैजाने सहमति भएको छ,’ घिमिरेले भने, ‘रेगुलर प्रक्रियाबाट अब विधेयक अगाडि बढ्छ।’

जसपा नेपाल, लोसपासहितका दलहरूको चासोलाई सम्बोधन गर्दै विधेयक अगाडि बढाउने सहमति भएको उनले बताए।

‘अध्यादेश फिर्ता नलिए पनि अब १८ गतेदेखि स्वतः निष्क्रिय हुन्छ,’ घिमिरेले भने, ‘उहाँहरूको चासोलाई विधेयकमा सम्बोधन गरेर जान प्रधानमन्त्रीले थप स्पष्ट पार्नुभएको छ।’अन्य पाँचवटा अध्यादेशमा भने दलहरूबीच सहमति भइसकेको छ।

 

साताकाे चर्चित
सम्बन्धित