काठमाडौं ।
प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक अवरोधकै कारण सञ्चालन हुन सकेन।
बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो, तर तोकिएको समयमा पुनः सुरु हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै दिउँसो ३ बजे बस्ने गरी बैठक सारिएको थियो।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।
प्रतिनिधिसभा नियमावली अनुसार, निर्धारित समयभन्दा दुई घण्टा ढिलो भएमा बैठक स्वतः स्थगित हुने व्यवस्था छ।
सभामुख घिमिरेले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन्।