मानिस हराएको सूचना
मानिस हराएको सूचना
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

काठमाडौं

यस सूचनाको माध्यमबाट समस्त नेपाली दाजुभाइ तथा सम्बन्धित निकायहरूलाई निम्न जानकारी गराउन चाहन्छौं।

नाम: सुर्यचन बुढा
स्थायी ठेगाना: साविक सनिगाउँ गाविस–४, शनिगाउँ, हाल सिजा गाउँपालिका–५, शनिगाउँ, जुम्ला।

विवरण:
निज सुर्यचन बुढा चार महिना अगाडि रोजगारीका लागि भारतको गढवाल गएका थिए। मिति २०८१/१२/१२ (२०२५ मार्च २५) का दिन नेपाल फर्किने क्रममा भारतको हरिद्वार नजिकै काशीपुर भन्ने स्थानमा अपरिचित व्यक्तिहरूद्वारा खानामा विष मिसाइ बेहोस बनाई लुटपाट गरी अलपत्र पारिएको जानकारी प्राप्त भएको छ। निजसँगै रहेका अन्य दुई जना नेपाल फर्किसकेका छन्, तर सुर्यचन बुढाको हालसम्म कुनै अत्तोपत्तो छैन।

अनुरोध:
यदि कसैले निज सुर्यचन बुढालाई देख्नुभएको छ वा निजबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

📞 सम्पर्क व्यक्तिहरू:

  1. घनश्याम बुढा – ९८६४९४२८५०

  2. लंक बहादुर बुढा – ९८५८०३५६४०

  3. जय बहादुर बुढा (बुवा) – ९७६२७५४०९५

सहयोग गर्न अनुरोध छ!
सुर्यचन बुढाको अवस्था अज्ञात रहेकोले, सम्बन्धित सबैलाई खोजी तथा जानकारी संकलनमा सहयोग गर्न अनुरोध गरिन्छ।

(यस सूचनालाई सकेसम्म धेरै व्यक्तिहरूसम्म पुर्याइदिनुहोला।)

साताकाे चर्चित
सम्बन्धित