त्रिवि इन्जिनियरिङ संस्थानका विद्यार्थीको विरोध
त्रिवि इन्जिनियरिङ संस्थानका विद्यार्थीको विरोध
    • बेल संचार

    • २१ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका स्वतन्त्र विद्यार्थी युनियनका नेतृत्वकर्ताहरूले तीनकुनेमा भएको प्रदर्शनको क्रममा निर्दोषमाथि पनि गोली चलाइएकोमा आपत्ति जनाएका छन्।

सो क्रममा आफ्नो निवास जाँदै गर्दा गोली लागेर घाइते भएका रेविका खत्री र उनका दाजुप्रति आफ्नो गहिरो दुःख, सहानुभूति र चिन्ता व्यक्त गर्दै उक्त घटना निन्दनीय भएको उनीहरूको ठहर छ।

निर्दोष नागरिकमाथि यस्तो हिंसा कहिल्यै न्यायोचित हुन सक्दैन। घटनाका दोषीहरू तुरुन्तै पहिचान गरी कानुनको कडा दायरामा ल्याइएर न्यायिक प्रक्रिया पूरा गर्न हामी जोडदार माग राख्दछौँ। रेविका र उनका दाजुको शीघ्र स्वास्थ्य लाभका लागि हामी आशा र प्रार्थना गर्दछौँ,” जारी विज्ञप्तिमा उल्लेख छ।

घाइतेले आवश्यक कानुनी र चिकित्सकीय सहयोग उपलब्ध होस् भन्ने मागका साथ उनीहरूले यो घटनाले विद्यार्थी समुदायलाई गहिरो स्तरमा प्रभावित गरेको उल्लेख गरेका छन्।

 

486410346_673052112043438_7805889863693028349_n

साताकाे चर्चित
सम्बन्धित