रास्वपाको मुस्ताङमा संगठन विस्तार, सुदेश गुरुङ नेतृत्वमा जिल्ला समिति गठन
रास्वपाको मुस्ताङमा संगठन विस्तार, सुदेश गुरुङ नेतृत्वमा जिल्ला समिति गठन
    • बेल संचार

    • ८ मंसिर २०८२, सोमबार

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा आफ्नो संगठन संरचना विस्तार गर्दै नयाँ जिल्ला समिति गठन गरेको छ। कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा सम्पन्न पहिलो जिल्ला भेलाले सुदेश गुरुङलाई अध्यक्षतामा चयन गर्दै पूर्ण समिति घोषणा गरेको हो।

समितिमा उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सह–सचिवमा पासाङ डोल्मा गुरुङ तथा कोषाध्यक्षमा शंकर गुरुङ जिम्मेवारी पाएका छन्। त्यस्तै, सदस्यतामा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली चयन भएका छन्।

भेलाले मुस्ताङको संगठन विभागको संयोजकमा सन्तोष गुरुङ र उप–संयोजकमा प्रेम पौडेललाई तोकेको छ। साथै र्‍यापिड एक्सन टीम (RAT) पनि गठन गरिएको छ, जसको संयोजक महेन्द्र गुरुङ र उप–संयोजक आशिक गुरुङ रहनेछन्।

रास्वपा स्थापना भएको करिब ४० महिनापछि मुस्ताङमा औपचारिक संरचना बनेको हो। पहिलो जिल्ला समिति गठनका लागि कार्यवाहक सभापति अर्यालसहित केन्द्रीय नेता शंकर श्रेष्ठ र साजन शर्मा मुस्ताङ पुगेका थिए।

अब रास्वपाको जिल्ला संरचना बन्न बाँकी प्रदेशहरू मनाङ र डोल्पा मात्र रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित