कञ्चनपुरमा निर्वाचन प्रहरी र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
कञ्चनपुरमा निर्वाचन प्रहरी र मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
    • बेल संचार

    • १९ फाल्गुन २०८२, मंगलवार

महेन्द्रनगर।

कञ्चनपुरमा प्रतिनिधि सभा निर्वाचनको क्रममा दुःखद घटनामा दुई जनाको मृत्यु भएको छ।

पुनर्बास नगरपालिका–९ स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका लालझाडी गाउँपालिका–३ घर भई ३५ वर्षका निर्वाचन प्रहरी मानसिंह राना सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका थिए। उच्च रक्तचाप र मधुमेहबाट पीडित रानालाई धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।

यसैगरी बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको छ। सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् र धनगढीमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो।

साताकाे चर्चित
सम्बन्धित