काठमाडौँ।
५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता लिएको छ। ३०० मत गणना अनुसार राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीले १०३ मत पाएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका दीपबहादुर शाहीले २५ मत ल्याएका छन् भने एमालेका शान्तिलाल महतले २३ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवारले २ मत मात्रै पाएका छन् भने १० मत बदर भएको छ।