काठमाडौं ।
जुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरेका छन्। शाहीले भण्डारीलाई ३ हजार १८१ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
यस परिणामसँगै राप्रपाले यस निर्वाचनमा पहिलो जीत दर्ता गरेको छ।