अर्घाखाँची ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अर्घाखाँचीमा समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रह्यो।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार रास्वपाले प्रत्यक्षतर्फ भन्दा करिब चार हजार बढी मत पाउँदै ३९ हजार ५८ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ यसै क्षेत्रबाट रास्वपाले ३५ हजार २३ मत प्राप्त गरेको थियो।
दोस्रो स्थानमा नेकपा (एमाले) रहेकाले २० हजार ४५१ मत पाएका छन्। नेपाली कांग्रेसले १७ हजार ६५१ मत ल्याएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ९७७ मत, राष्ट्रिय जनमोर्चाले २ हजार ३८८ मत र राप्रपाले ७२५ मत प्राप्त गरेका छन्।
जिल्लामा कुल १ लाख ७१ हजार ६५२ मतदाता रहेका थिए। समानुपातिकतर्फ ८८ हजार ७३३ मत खसेको थियो, जसमा २ हजार ५७८ मत बदर भए। अन्ततः ८६ हजार १५५ मत सदर भएको थियो।