काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट अत्यधिक मतसहित विजयी भएका शाहले सोमबार निर्वाचन कार्यालय झापामा आफ्नो चुनावी खर्चको विवरण पेश गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारले निर्वाचनपछि निर्धारित समयभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। सोही अनुसार शाहले विभिन्न शीर्षकमा भएको खर्चको विवरण आयोगसमक्ष बुझाएका छन्।
उनीले पेश गरेको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ। खर्चमध्ये सबैभन्दा बढी रकम वडास्तरीय प्रचार–प्रसार कार्यक्रममा खर्च भएको छ, जसमा ५ लाख ८० हजार रुपैयाँ व्यय गरिएको छ।
त्यसैगरी दुईवटा सवारी साधन प्रयोगबापत २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।









