राष्ट्रिय सभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित १८ सांसदले लिए शपथ
    • बेल संचार

    • २५ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।

माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट विजयी भएका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष Narayan Prasad Dahal ले नव–निर्वाचित सांसदहरूलाई शपथ गराएका हुन्।

निर्वाचनबाट १८ जना नयाँ सदस्य राष्ट्रिय सभामा प्रवेश गरेका छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई–दुई वर्षमा सकिने व्यवस्था अनुसार यसपटक पनि नयाँ सदस्य चयन गरिएको हो।

यसैबीच यही फागुन २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो। रिक्त हुने एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक प्रावधान रहेको छ।

साताकाे चर्चित
सम्बन्धित