काठमाडौँ,
आज मिति वि सं २०७८ साल असोज महिनाको ५ गते मंगलबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २१ तारिख, सोह्रश्राद्ध सुरु कस्तो छ तपाइको भाग्यफल ? हेर्नुहोस राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज स्वास्थ्यमा खर्च बढ्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । बन्न लागेको काम बिग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ, तर साँझमा आफन्तको सहयोग मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शुभ कार्यको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । स्वास्थ्यसम्बन्धि समस्याले सताउन सक्छ। सजक रहनुहोला।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।