फुमिओ किशिदा एलडिपि अध्यक्षमा बिजयी, जापानको नयाँ प्रधानमन्त्री बन्ने
फुमिओ किशिदा एलडिपि अध्यक्षमा बिजयी, जापानको नयाँ प्रधानमन्त्री बन्ने
    • बेल संचार

    • १३ आश्विन २०७८, बुधबार

जापानको नयाँ प्रधानमन्त्रीमा फुमिओ किशिदा बन्ने निश्चित भएको छ । जापानको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा बिजयी भएसँगै किशिदा नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् ।सेप्टेम्बर २९ तारिख दिउँसो ३ बजे सम्पन्न सत्ताधारी एलडिपीको दोस्रो चरणको मत परिणाम अनुसार किशिदा २५७ मत सहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारो कोनोले केवल १७० मत प्राप्त गरेका छन् ।पार्टीको प्रमुखमा बिजयी भएसागै किशिदा आगामी साता जापानको नयाँ प्रधानमन्त्री बन्नेछन् । पार्टी अध्यक्षको दौडमा वर्तमान प्रधानमन्त्री सुगा योशिहिदेले उम्मेदवारी नदिएपछि चार जना प्रतिस्पर्धामा रहेका थिए ।पार्टी अध्यक्षनै प्रधानमन्त्री बन्ने नियमानुसार पार्टी अध्यक्षमा बिजयी भएपछि किशिदा सुगाको उत्तराधिकारी बन्ने भएका हुन् । जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचनमा सांसदहरु र पार्टी सदस्यहरुको मतगणनामा चार मध्ये कुनैपनि उम्मेदवारले पहिलो चरणमा स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् ।

साताकाे चर्चित
सम्बन्धित