एमसीसीको लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा नेकपाद्वारा कब्जा
एमसीसीको लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा नेकपाद्वारा कब्जा
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

नुवाकोट: नेपाल कम्युनिस्ट पार्टी ले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ ।
नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरिएको नेकपाले जनाएको छ । नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडी विज्ञप्ति टाँगेर कब्जा गरेको हो । पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको छ ।

स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाडेर र विज्ञप्ती टाँगेर कब्जा गरिएको जानकारी दिदै विरोध प्रदर्शनसहित कोणसभा गरेको छ । कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ ।नेकपाले उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै उक्त जग्गा जनतालाई पूर्ण रूपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ । जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलालहरूलाई त्यही धर्तीमा गाड्ने चेतावनी समेत दिएको छ । उक्त विरोधसभा तथा जग्गा कब्जा कार्यक्रममा स्थानीय बासिन्दा र नेकपाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

साताकाे चर्चित
सम्बन्धित