प्रधानन्यायाधीशलाई सरकारमा भाग दिएर देउवाले लोकतन्त्र समाप्त पार्न खोजे : शेखर कोइराला
प्रधानन्यायाधीशलाई सरकारमा भाग दिएर देउवाले लोकतन्त्र समाप्त पार्न खोजे : शेखर कोइराला
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाएका छन् ।                            कोइराला निवासमा शुक्रवार कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषद्मा भाग दिए शक्ति सन्तुलनको सिद्धान्त बिग्रने र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने उनको भनाइ छ ।                                                ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलन बिगारेर प्रधानमन्त्री देउवाले प्रजातन्त्र समाप्त पार्ने खेलमा लागेको आरोपसमेत उनले लगाए । प्रधानमन्त्री देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाएका छन् ।  प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनका बुझाइ रहेको छ । एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उनको धारणा थियो । उनले विराटनगर आउँदा पटक–पटक एउटा नेतृत्व कांग्रेसले गर्ने अडान लिँदै आएका थिए ।

साताकाे चर्चित
सम्बन्धित