माओवादीमा विवादः नयाँ सर्कुलर जारी गर्ने तयारी
माओवादीमा विवादः नयाँ सर्कुलर जारी गर्ने तयारी
    • Bell Sanchar

    • २५ आश्विन २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज ५ बजे बस्ने भएको हो ।

बैठकमा सांगठनिक विषयमा हुने, नयाँ परिपत्र जारी गर्ने तयारी समेत रहेको छ । यसअघि माओवादीले सांगठनिक प्रतिवेदन जारी गरेको थियो ।

नेताहरूले आफ्ना नजिकका नेताहरू नसमेटिएको भन्दै असन्तुष्टि जनाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सर्कुलर जारी गर्न लागेका हुन् । स्रोतका अनुसार उक्त सर्कुलरबार स्थायी समितिले निर्णय गरेर जारी गर्ने माओवादी केन्द्रको तयारी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित