न्यायाधीशको बैठक सकियो, के निस्कियो निष्कर्ष ?
न्यायाधीशको बैठक सकियो, के निस्कियो निष्कर्ष ?
    • बेल संचार

    • ८ कार्तिक २०७८, सोमबार

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति प्रश्न उठाइरहेका सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरूको बैठक सकिएको छ। बैठकले अहिले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ।

झन्डै २ घण्टा चलेको बैठकले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेको छ। बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निष्कर्ष पनि निकालेको छ। सोमबार प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधी इजलासमा नबसेर बेग्लै छलफलमा जुटेका थिए।

‘उहाँले राजीनामा घोषणा गर्नु सबैभन्दा उत्तम। श्रीमान् जति बस्नु भयो त्यति नै न्यायालयको बद्नाम हुने भयो,’ एक न्यायाधीशले भने, ‘तुरुन्तै, जतिसक्दो चाँडो राजीनामा गर्नु नै उहाँको कल्याण छ। नभए अझै धेरै इस्युहरू बाहिर आउँछन्। अहिलेसम्म फैसलामा भएका अनियमितताका कुरा बाहिर आएकै छैन। अब क्रमश आउँछ नि।’

न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन्। यसअघि आफूमाथिको संकटमोचनका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुलकोर्ट’ बोलाए पनि न्यायाधीशहरूले बहिष्कार गर्ने निर्णय गरेका थिए। न्यायाधीशहरूको भद्र अवज्ञालाई साथ दिन अधिवक्ताहरूसमेत आन्दोलनमा उत्रँदै छन्।

साताकाे चर्चित
सम्बन्धित