काठमाडौं, बैंक अफ काठमाण्डु लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नामका रहेको ३२ हजार संस्थापक शेयर बिक्रिमा ल्याएको जनाएको छ ।
बैंकले प्रतिशेयर मुल्य २१० रुपैयाँ तोेकेको हुनाले सो मुल्य अंकित गरी शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको कार्यालयमा सम्पर्क गरी निवेदन दिन बैंकले एक सुचना जारी गरेर अपिल गरेको छ ।