मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते
मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते
    • बेल संचार

    • ११ कार्तिक २०७८, बिहीबार

बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ । बिहीबार अपराह्न ५ बजेतिर मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।



बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका हुन् । दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ गएको प्रत्यक्षदर्शीको भनाइ छ । तर मन्त्री शाहीले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल लैजान आफूले स्वकीय सचिवलाई निर्देशन दिएको बताए । उनले आफ्नो गाडी र चालक पनि अहिले ड्राइभर टोल प्रहरी चौकीमा रहेको बताए ।



साताकाे चर्चित
सम्बन्धित