गोरखाका २४ वर्षिय सुजन सिंखडा देशभरीकै कान्छो एमाले गाँउपालिका अध्यक्षमा निर्वाचित
गोरखाका २४ वर्षिय सुजन सिंखडा देशभरीकै कान्छो एमाले गाँउपालिका अध्यक्षमा निर्वाचित
    • बेल संचार

    • १२ कार्तिक २०७८, शुक्रबार

गोरखा । गोरखाका २४ वर्षिय सुजन सिंखडा देशभरीकै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को  कान्छो  गाँउपालिका कमिटी अध्यक्ष बन्नु भएको छ ।

लामो समय देखि विद्यार्थी राजनितीमा सक्रिय रहदै आउनु भएका सिंखडा एमाले निकट विद्यार्थी संगठन गोरखा जिल्लाको अध्यक्ष, केन्द्रिय सदस्य हुदै उहाँ एमाले गोरखाको भिमसेन थापा गाँउपालिकाको अध्यक्षमा निर्विरोध निवाचित हुनु भएको हो  ।

मंगलबार भएको पार्टीको प्रथम पालिका अधिवेशनबाट सिंखडा अध्यक्षमा निर्विरोध निर्वाचित भएको पार्टीले जानकारी दिएको छ । उहाँँको नेतृत्वमा  ५१ सदस्यीय कमीटी गठन गरीएको पार्टीको भनाई छ ।

साताकाे चर्चित
सम्बन्धित