बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह, प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने
बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह, प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने
    • बेल संचार

    • १३ कार्तिक २०७८, शनिबार

काठमाडौं । वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेको बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो ।तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जानकारी दिए ।उनका अनुुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ ।

 

 

 

 

 

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघोषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वोच्चमा बहस बहिस्कार गरेको थियो ।तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित