सीता एयरको विमानमा बँदेल ठोकिएर दुर्घटना
सीता एयरको विमानमा बँदेल ठोकिएर दुर्घटना
    • बेल संचार

    • १६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सिमिकोटका लागि उड्ने क्रमममा सीता एयरलाइन्सको विमान नेपालगंज विमानस्थलमा दुर्घटनामा परेको छ ।
नेपालगंजबाट सिमिकोटका लागि उड्ने क्रमममा विमानस्थलको धावनमार्गमा नाईन एन एएचएबी कल साईन भएको विमान दुर्घटनामा परेको हो । उडनै लागेको विमानले मंगलबार बिहान ७ बजेको समयमा धावनमार्गमा बँदेललाई ठक्कर दिएको छ ।

बँदेलले ठक्कर दिदाँ विमानमा ठुलो प्वाल परेको छ । विमानमा १४ यात्रु ९० केजी कार्गो सहित चालक दलका सदस्य थिए । यात्रु सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ । अहिले विमानस्थल पूर्ण रुपमा बन्द छ । दुर्घटनामा परेको विमान क्रेनको सहयाताले हटाउने कार्य भईरहेको छ । यसअघि सिता एयरको विमान काठमाण्डौबाट लुक्ला लागि लुक्लाका लागि उडेको ९ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित