यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् ।
हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ ।
उता दुई दिन मात्र अघि पनि यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो ।उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो । हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।