टेनिस स्टारले बरिष्ठ नेतामाथि यौनशोषणको आरोप लगाइन्
टेनिस स्टारले बरिष्ठ नेतामाथि यौनशोषणको आरोप लगाइन्
    • बेल संचार

    • १८ कार्तिक २०७८, बिहीबार

काठमाडौं। चीनकी टेनिस स्टार पेंग शुआइले सार्वजनिक रुपमा एक रिटायर्ड कम्युनिस्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । चीनको सामाजिक संजाल वीबोमा एक पोस्टमा पेंगले भनेकी छिन् कि पूर्व उपप्रधानमन्त्री झांग गाओलीले उनलाई यौन सम्बन्ध बनाउनको लागि बाध्य पारेका थिए ।

चीनमा पहिलो पटक कम्युनिस्ट पार्टीका कुनै बरिष्ठ नेतामाथि यस किसिमको आरोप लगाइएको हो । यी आरोपपछि डबल्समा नम्बर १ खेलाडी रहिसकेकी पेंग शुआइको बारेमा चीनभित्र इन्टरनेट सर्च पनि सीमित पारिएको छ ।

झांग गाओलीले टेनिस स्टारले लगाएको आरोपबारे अहिलेसम्म केही भनेका छैनन् । वीबोमा गरिएको पोस्टलाई चीनले पूर्ण रुपमा इन्टरनेटबाट गायब गरिदिएको छ । २०१३ देखि २०१८ सम्म चीनका उपप्रधानमन्त्री रहेका झांग गाओली चीनका राष्ट्रपति शी जिनपिङका निकट सहयोगी थिए ।

टेनिस खेलाडी पेंगले आफ्नो पोस्टमा लेखेकी छिन् ‘उपप्रधानमन्त्री झांग गाओली, मलाई थाहा छ कि तपाइँजस्तो प्रतिष्ठित व्यक्तिले भन्नेछ कि तपाइँ डराउनुहुन्न । तर भलै त्यो ढुंगामा कंकड हानेजस्तो किन नलागोस् म तपाइँको बारेमा सबै साँचो बताउँछु ।’

पेंगले लेखेअनुसार पहिलो पटक उनलाई त्यतिबेला बाध्य पारियो जब झांग गाओलीले उनलाई टेनिस खेल्नको लागि बोलाए । ‘त्यस दिन मैले आफ्नो सहमति दिएकी थिइन । म लगातार रोइरहेकी थिएँ । तपाइँले मलाई आफ्नो घर लैजानुभयो । त्यसपछि मलाई सम्बन्ध बनाउनको लागि माध्य पार्नुभयो ।’

पेंले आफूले आफ्नो आरोपको पक्षमा प्रमाण दिन नसक्ने बताउँदै लेखेकी छिन् ‘मसँग कुनै प्रमाण छैन । र, कुनै प्रमाण हुनु असम्भव थियो किनकि तपाइँलाई सधैं डर थियो कि म टेप रेकर्डर जस्तो केही लिएर आउँछु ताकि प्रमाण लिन सकुँ । त्यसैले न कुनै अडियो न कुनै भिडियो अस्तित्वमा छ । मसँग त केवल वास्तविक अनुभव छ ।’

साताकाे चर्चित
सम्बन्धित