एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर
एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर
    • बेल संचार

    • २५ कार्तिक २०७८, बिहीबार

काठमाडौं।विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको सेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत सेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।

सर्वेक्षणका बहुसंख्यक मतदाताहरुले सेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आइरहेका बेला उनले सेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार सेयर बिक्री गरेका छन् ।मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार करिव १० प्रतिशतमा झरेको थियो ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । सेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।बुधवार भने शेअर मूल्यमा केही सुधार भएको थियो । टेस्ला संसारकै सबैभन्दा समृद्ध कार कम्पनी हो ।

साताकाे चर्चित
सम्बन्धित