आफ्नै घरमा करेन्ट लागेर युवकको मृत्यु
आफ्नै घरमा करेन्ट लागेर युवकको मृत्यु
    • बेल संचार

    • २६ कार्तिक २०७८, शुक्रबार

तनहुँ । आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई रु २५ लाख दिनुपर्ने माग छ ।

साताकाे चर्चित
सम्बन्धित