एकै कालखण्डमा थुप्रै ‘प्रचण्ड’ बन्न सक्दैनन् : प्रचण्ड
एकै कालखण्डमा थुप्रै ‘प्रचण्ड’ बन्न सक्दैनन् : प्रचण्ड
    • बेल संचार

    • २६ कार्तिक २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताएका छन् । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए । अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए। उनले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताए ।

अध्यक्ष दाहालले भने, कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन,एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले प्रदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो, त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन्, आज तपाईंहरु क्रान्तिको रक्षाको निम्ति, क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति तपाईंहरु आउनुभएको छ, म हृदयदेखि तपाईंहरुलाई धन्यवाद दिन्छु ।’अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताए ।

साताकाे चर्चित
सम्बन्धित