३ विद्यार्थी घाइते, मुस्ताङको याङदान खर्कमा हिम पहिरो,
३ विद्यार्थी घाइते, मुस्ताङको याङदान खर्कमा हिम पहिरो,
    • बेल संचार

    • २८ कार्तिक २०७८, आईतवार

काठमाडौँ

मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आइतबार हिम पहिरो गएको छ। बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन्।

हिमपहिरो आएपछि भाग्ने क्रममा कोबाङमा रहेको जनहित माविका तीन विद्यार्थी सामान्य घाइते भएको उनले बताए। प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको ढकालले बताए।

उनका अनुसार याङदान खर्कमा चौरी गोठ भएका कारण त्यसमा क्षति भएको आशंका गरिएको छ तर यकिन भएको छैन।

साताकाे चर्चित
सम्बन्धित