लिगलिगकोटमा बढ्न थाले आन्तरिक पर्यटक
लिगलिगकोटमा बढ्न थाले आन्तरिक पर्यटक
    • बेल संचार

    • १ मंसिर २०७८, बुधबार

पालुङटार, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा रहेको पर्यटकीय स्थल लिगलिगकोटमा आन्तरीक पर्यटक बढ्न थालेका छन् ।

लिगलिगकोटमा कोरोना संक्रमणका कारण पर्यटक आउने जाने क्रम रोकिएको थियो अहिले केरोना संक्रमण घटे सँगै आन्तरीक पर्यटक बढ्न थालेको स्थानियले खुसी व्यक्त गरे । लिगलिगकोटमा शुक्रबार र शनिबारका दिन धेरै पर्यटक आउने गरेका स्थानिय व्यवसायी मनिष शाहीले बताए । शाही लिगलिगकोट जाने बाटोमा स्थानिय ठाउँमा रहेको सार्वजनीक जग्गामा नगरपालिकाको समंवयमा बार्षिक रुपमा २० हजार भाडा तिरेर भाईरल पिङ राखेर प्रर्यटकलाई खुसी बनाउँदै आईरहेका छन् । एक जनाको ५० रुपयाँ लिन्छु २० चोटी हल्लाउँछु उनले भने दशैं बाट पिङ राखेको हो प्रर्यटकहरु खुसी नै हुनुहुन्छ । उनले छेउमा आई लभ लिगलिगकोट लेखेको पानपाते बुट्टा पनि राखेका छन्, आउने सबै जसो प्रर्यटकले फोटो खिचाउनु हुन्छ खुसी लाग्छ । अब छिट्टै जिप लाइन पनि बन्ने उनले बताए ।

लिगलिगकोटमा विद्यार्थी, युवा कल्ब, आमा समुह, सरकारी तथा गैह्र सरकारी कार्यालयका कर्मचारीलगायत पुग्ने गरेका छन् । उनीहरु लिगलिगकोटको प्राकृतिक दृश्य अवलोकन गर्ने, रमाउने, घुम्ने, फाटो खिच्ने गर्छन् । बिषेश गरी पालुङटार नगरपालिकाले राखेको ६० फिट अग्लो पोलमा राहेको ४० फिट अग्लो झण्डा पर्यटकको पहिलो रोजाई रहेको छ ।

लिगलिगकोटमा छिमेकी जिल्लाहरु लमजुङ, तनहुँ, चितवन, धादिङ लगाएतका ठाउँहरुबाट धेरै प्रर्यटक आउने गरेको स्थानिय लालजंग ठकुरीले बताए ।
आबुँखैरेनीबाट शनिबार साथीहरुसँग लिगलिगकोट घुम्न आएका दिनेश सुनार ९ कक्षामा पढ्छन् । उनी पहिले पनि लिगलिगकोट आएका थिए, उनले भने पहिले आउँदा र अहिले आउँदा लिगलिगकोटमा धेरै परिर्वतन भएको रहेछ । पहिले आउँदा बाटो पनि राम्रो थिएन्, अहिले राम्रो सिढीँ बनेकोले खुसी लागेको बताए । पहिले आउँदा खाजा खान पनि नपाएको तर अहिले पसलहरु पनि खुलेछ खुसी लाग्यो उनले भने ।

अहिले लिगलिगकोट जान बिजुली डाँडाबाट राम्रो सिडी बनेको छ ।

लिगलिगकोट प्राकृतिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । लिगलिगकोट पुग्नेले प्रर्यटकले बुद्ध, मनास्लु, अन्नपूर्ण, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत करीब दुई दर्जन हिमशृंखला नियाल्न पाउनेछन् । लिगलिगकोटबाट बाइसीचौबिसी राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, लिगलिग भुमेथान, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । लिगलिगकोट पुग्न पालुङटार प्रवेशद्वार तुरतुरेबाट करीब २ घण्टाको पैदल यात्रा र १ घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ भने गोरखा तिरबाट ३० किलोमिटर सडक मार्गबाट डेढ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ ।

लिगलिगकोटमा प्रत्येक बर्ष लिगलिगे दौड दशैंमा हुँदै आएको छ तर कोरोनाका कारण पछिल्लो दुई बर्षमा भने हुन सकेको छैन । लिगलिगकोमा फाल्गुन ७ गते प्रजात्रन्त्र दिवशको दिन लिगलिगे साइकल दौड अघिल्लो बर्षबाट उल्लासका साथ सुरु भएको थियो र यस बर्ष पनि साइकल दौड हुने जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित