यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी
यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी
    • बेल संचार

    • १ मंसिर २०७८, बुधबार

काठमाडौ । नेपाल सरकारले गत आर्थिक वर्षमा विभिन्न क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको नाम सार्वजनिक गरेको छ । १०औं कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीको नाम सार्वजनिक गरेको हो । उनीहरुलाई एक कार्यक्रम आयोजना गरेर सम्मानित गरिएको छ ।

सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा नेपाल टेलिकम परेको छ । यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा डाबर नेपाल छ । व्यक्तिगत आयमध्ये सबैभन्दा बढी कर बुझाउनेमा सिद्धार्थ शमशेर जबरा छन् । यिनी विगत सात वर्षदेखि नै सबैभन्दा बढी आय कर बुझाउने नागरिक ठहरिएका छन् ।

सबैभन्दा बढी कर बुझाउने सबै कम्पनीको सूची यस्तो छ :

साताकाे चर्चित
सम्बन्धित